काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगर अगाडी उभिएर विरोध गरिरहेका ई: सहितका अभियन्ताहरु वार्तामा नआएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेनले आफु उनीहरु उभिएको ठाउमा गएर वार्ताबाट समाधान गरौँ भन्दा वार्तामा आउन नखोजेको आरोप लगाएका हुन् ।
साथै बालेनले कुनै राजनीतिक स्वार्थका कारण वार्तामा आउन नखोजेको भन्दै के अब वार्ता उनीहरुका नेतासँग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-
बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनुहुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?