बहराइन १५ ओभरमै अलआउट, नेपालले पायो ३२ रनको सामान्य लक्ष्य



काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएका हो ।