फिनल्याण्डका पूर्वप्रधानमन्त्री मारिनद्वारा संसद सदस्यबाट राजीनामा



गत अप्रिलमा निर्वाचनमा पराजीत सोसल डेमोक्रेट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेकी छन् ।

मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएकी छन् । “म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्न सक्छु । यो यस्तो काम हो जुन मलाई लाग्छ कि फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुनेछ,” उनले भनिन् ।


मरिनले भनिन्, “म सँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।”सञ्चारमाध्यमले ‘रक स्टार प्राइम मिनिस्टर’ को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेकी थिइन् ।

त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनेकी छन्, “कहिलेकाहीं मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।”

अगष्ट २०२२ मा, मरिनले फिनल्याण्डका सेलिब्रेटीहरूको एक समूहसँग पार्टी गरेको सामाजिक सञ्जालका भिडियोहरू लिक भएका थिए जसले गर्दा उनलाई गलत कामको शङ्का हटाउन लागुऔषध परीक्षण गर्न प्रेरित गरेको थियो ।