गौर । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन्।
सांसद साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुका साथै गाली बेइज्जत गरी मानमर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।