परराष्ट्रमन्त्री साउदसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी डेमोक्रेट सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय मन्त्री साउदसँग सिनेटरहोलेनले भेटवार्ता गरेका हुन् ।


शुक्रबार नै काठमाडौँ आइपुगेका सिनेटर होलेनसँगको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा भेटमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास काठमाडौंस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ ।

नेपाल भ्रमणका क्रममा सिनेटर होलेनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेट गर्ने कार्यक्रम छ ।