नेपालले छैटौं विकेट गुमायो, गुलशन झा आउट



काठमाडौँ । नेपाल छैटौं विकेट गुमाएको छ ।  २३ रन बनाएर खेलिरहेका गुलशन झा आउट भएका छन्  । गुलशनलाई मोहमद सिराजले आउट गरेका हुन् । सिराजको यस खेलमा यो दोस्रो विकेट हो ।

अहिले दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन सोमपाल कामी मैदानमा आएका छन्  


यो समाचार तयार गरुन्जेल नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको छ ।