नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व अधिकृत पक्राउ



नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । विमानस्थलबाट राजश्व कार्यालय दाङका अधिकृत खगेन्द्र सापकोटा २६ लाख नगदसहित पक्राउ परेका हुन् ।

नेपालगञ्जबाट काठमाडौं जाने क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।


सापकोटा नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाएको छ।