नेपाल र म्यान्मारबीचको खेल गोलरहित बराबरी  



काठमाडौँ । मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल र म्यान्मारले गोलरहित बराबरी खेलेका छन् । 

म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि बराबरीमा टुङ्गिएको हो । दुवै टिमले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा बराबरी खेलेका हुन् । 


दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम म्यान्मार पुगेको हो । नेपालले फिफा विन्डो अन्तर्गत म्यान्मारको याङ्गुनमा सेप्टेम्बर ११ मा म्यानमारसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।