जसपाद्वारा २ राष्ट्रिय समिति घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले दुईवटा राष्ट्रिय समिति गठन गरेको छ । शनिबार कपिलवस्तुमा आयोजित भेलाले थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) र मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) घोषणा गरेको हो ।

भेलाले सुमित्रा चौधरीको अध्यक्षतामा ३९ सदस्यीय थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) र कमल बुढामगरको अध्यक्षतामा १४ सदस्यीय मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) गठन गरेको छ ।


समितिको उपाध्यक्षमा सञ्जय राना, नन्दबहादुर कन्दार, धनरुजी बुढा रहेका छन् । मुख्यसचिवमा सुनिता खडुल, सचिवमा एम डि मगर र कोषाध्यक्षमा पुनम गुरुङ चयन भएका छन् ।