कोशीको विवाद हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने



काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको पूर्ण इजलासमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । भोलि सार्वजनिक बिदा परेकाले थप बहस पर्सी बिहीबारबाट मात्र सुरु हुने बताइएको छ ।


नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।