कोशीको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता आचार्य नियुक्त



विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको हो ।


मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश दिनेश यादवले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् ।