काठमाडौं महानगरमा शुक्रबार शोक बिदा



काठमाडौँ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान उपचारको क्रममा निधन भएपछि उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रशासन प्रमुख दीपक अधिकारीले जानकारी दिए ।  


वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पतालमा  लागिएको थियो ।  अस्पतालका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई डेंगु पनि भएको थियो ।

रिजाल नेपाली कांग्रेसका क्षेत्र नम्बर ७ का सभापति समेत थिए ।