कप्तान रोहितलाई भेटेर रविले दिए जितको शुभकामना



काठमाडौँ । एशिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति  रवि लामिछानेले नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसँग भेट गरेका छन् ।

लामिछानेले कप्तान रोहितलाई भेटेर जितको शुभकामना दिएका हुन् । उनी आइतबार श्रीलंका पुगेका हुन् ।


नेपालले आज अपराहन्न श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतसँग ३: १५ बजेदेखि खेल्दै छ ।