हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभा (फोटोफिचर)



हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा समाजवादी मोर्चा नेपालले सन्देश सभा आयोजना गरेको छ । सातै प्रदेशमा सन्देश सभा आयोजना गर्नेक्रममा मोर्चाले आइतबार हेटौंडामा सभा आयोजना गरेको हो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा संलग्न मोर्चाले समाजवादी विचार जनतासम्म पु¥याउन सन्देश सभा आयोजना गर्दै आएको हो ।


आइतबार हेटौंडामा आयोजित सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवलगायतका नेताहरुले समबोधन गरेका छन् । यस्तै भोलि सोमबार मोर्चाले विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ ।