सुवासचन्द्र नेम्वाङको निधनप्रति सरकारद्वारा दु:ख व्यक्त



काठमाडौं । सरकारले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति दु:ख व्यक्त गरेको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माले शोक वक्तव्य जारी गर्दै मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको जनाएकी छन् ।


बैठकले दुःखद घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गरेको उनले बताइन् ।