ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्षविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । वडाध्यक्ष छवि रमण धमलाले स्थानीय एक महिलालाई करणी गरेको भन्दै ति महिलाका आफन्तले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिएका हुन् ।
जाहेरी दिने तयारी गर्दा अध्यक्ष धमलाले ति २५ वर्षीया महिलालाई विभिन्न खालका प्रलोभन देखाएर रोक्न खोजेको पीडित पक्षको भनाई छ । पिडित महिलाको उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ ।
यता वडाध्क्ष धमला भने यतिबेला सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बालिस्टर सिंहका अनुसार धमलाको खोजी कार्य जारी छ । धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।