काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको प्रष्टीकरण दिएका छन् ।
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच दुई दिनअघि भएको सहमतिको क्रममा राहत शिक्षकका प्रतिनिधिको पनि सहभागी रहेको उनले बताए ।
सरकार र आन्दोलनकारीबीच भएको उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले सरकारसँगको सहमतीमा आफ्नो मुद्धा नसमेटिएको भन्दै काठमाडौंमा निरन्ततर आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले आज (सोमबार) सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे । राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उल्लेख गर्दै खड्काले पार्टी केन्द्रीय समितिको बैठकमा बताएका हुन्
सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने जानकारी गराए ।