समावेशितामा नेपाल निकै अगाडि छ : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशितामा नेपाल निकै अगाडि रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेश्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागीता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका हुन् ।


उनले राष्ट्रिय सहमति कायम गर्नसके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउनसकिने जिकिर गरे । देउवाले नेपालमा जातभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने उल्लेख गरे ।

त्यस्तै उनले नेपालमा मुस्लिम समूलायले सदियौँदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।