संविधान दिवसमा एमालेको ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रम (तस्बिरमा हेर्नुहोस्)



काठमाडौँ । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार बिहान काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् ।