संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम भोलि (बुधबार) देखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बू, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

k 3