श्रीलंकालाई हराउदै भारत एशिया कपको फाइनलमा



काठमाडौँ । भारत एशिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गतको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै एशिया कपको फाइनलमा पुगेको हो ।

मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो ।


भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुदै १७२ रन मात्र बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुदै २१३ रन बनाएको थियो ।

सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।

त्यस्तै सुपर फोरमा २-२ खेल खेलेर २-२ अंक हासिल गरेका श्रीलंका र पाकिस्तानबीचको विजेता फाइनलमा पुग्ने अर्को देश हुने छ । बंगलादेश भने लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।