काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलामा पार्टीका महामन्त्री विश्वप्रकास शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन् ।
संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो ।
एक नेताका अनुसार महामन्त्री शर्माले आफू बैठकमा सहभागी नहुने खबर कोइराला पक्षलाई पठाईसकेका छन् । उनले एक ट्वीट गर्दै आफू पाटीको महामन्त्रीको जिम्मेवारीप्रति सजग रहेको उल्लेख गर्दै बैठकमा नजाने जनाउ दिईसकेका छन् । भने, अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नहुने भएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।
पछिल्लो समय कांग्रेसभित्र शेखर कोइराला र अर्का महामन्त्री गगन थापा सरकार परिवर्तनको पक्षमा लागेका छन् । कोइरालाले त सार्वजनिक रुपमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।