शिक्षा विधेयकका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने



काठमाडौं ।अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको छ । 

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो । 


नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा विधेयकमा धेरै नै त्रुटि भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरूलाई तलब भत्ता, सेवा र सुविधा कम भएको उनले बताइन् । 

‘शिक्षकहरूको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिसम्मका काम गर्दछौं’ उनले भनिन् ।