काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिहीबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय तहका प्रमुखहरूविरुद्ध पनि चर्का नाराबाजी गरेका छन् ।
विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असहमति जनाउँदै शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । माग सम्बोधन गर्ने विषयमा बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीबार बिहान गृह मन्त्रालयमा छलफल भएपनि सहमति भने भएको छैन । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको छ ।