काठमाडौं । सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द गरेर शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालयको पठन पठन प्रभावित भएको छ ।
आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द छन्,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।
आज काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन जारी रहेको छ र काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको छ ।