वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढ्यो : झलनाथ खनाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढिरहेको बताएका छन् ।

समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका बिषय समेट्न नसकको र पुँजीवादको यथास्थितिवादको बाटोमा हिडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको बताएका हुन् ।


देशको नेतृत्व दिशाहिन बन्दै गएकाले विकृति पैदा भएको उनले बताए । खनालले पहिलेदेखि स्थापित पार्टीले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रीत भएको जिकिर गरे ।

अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने उनले बताए । खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नती हुन नसक्ने धारणा राखे ।