काठमाडौँ । म्यान्मारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर म्यान्मार जाने खेलाडीलाई बिदाइ गरेको छ ।
नेपालले फिफा विन्डो अन्तर्गत म्यान्मारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आइतबार म्यान्मारविरुद्ध खेल्ने टिमको घोषणा गरेको थिए ।
नेपाली टिम:
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।