काठमाडौं । राप्रपा नेपालले सर्लाहीको मलंगवामो हिन्दुधर्मावलम्बीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
शुक्रबार राप्रपा प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दुधर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।