मलंगवाको कर्फ्यु आंशिक रुपमा हटाइयो



सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत पाँच दिनदेखि सदरमुकाम मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक रुपमा हटाएको छ।

सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले दिनभरका लागि कफ्यु हटाउने र रातको समयमा भने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।


धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि मलंगवामा स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।