भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा घरको भ्यालबाट खसेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।
घरको भ्यालबाट खसेर गम्भिर घाइते भएकाउक्त बालकको नागरिक अस्पताल गठ्ठाघर भक्तपुर उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।