बर्षाले फेरी रोकियो नेपाल र भारतबीचको खेल



काठमाडौँ । नेपाल र भारतबीचको खेल फेरी एक पटक बर्षाले रोकिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रीय क्रिकेट मैदानमा भारतले जवाफी ब्याटिंग गर्ने क्रममा वर्षा भएपछि खेल रोकिएको छ ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले २.१ ओभरमा १७ रन बनाएको अवस्थामा बर्षा हुदा खेल रोकिएको हो । भारतका शुभमन गिलले १२ र कप्तान रोहित शर्मा ४ रन बनाएर खेलिरहेका छन् ।


यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.२ ओभरमा २३१ रन बनाएको थियो ।