काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका पहिचानमा आधारित राष्ट्रिय समितिले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको हो ।
राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेका छन् । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकास्थित एलके खोज रिसोर्टमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ ।