प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड शनिबार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी न्युयोर्कमा रहँदा सेप्टेम्बर १७ देखि २१ सम्म आयोजना हुने महासभाका निर्धारित कार्यक्रमका साथै विभिन्न साइडलाईन बैठकमा सहभागी हुनेछन् ।


महासभामा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २३ देखि चीनको औपचारिक भ्रमणमा सहभागी हुनेछन् ।

छोरी गंगा दाहालसँगै नेपाली टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान गरेका हुन् ।