प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?



काठमाडौं । प्रतिनिधि सभा बैठक जारी छ । बैठक दिउँसो १ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले आम नागरिकको जनजीविकासँग प्रत्येक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छ्न ।


बिहीबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद विजुला रायमाझीले संसदको शूल्य समयमा सांसदहरुले उठाएको विभिन्न विषयमा सरकार गम्भीर नभएको गुनासो गरिन् । उनले जनस्वास्थ्यका क्षेत्रमा सरकार गम्भीर बन्न सरकारसँग माग गरिन् । सांसद विद्या भट्टराई अधिकारीले नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा भएको निरन्तरको तालाबन्दीप्रति सरकारको ध्यानाकर्षण गराईन् । उनले तालाबन्दीका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराईन् । उनले विश्वविद्यालय हाताभित्र तालाबन्दी गर्न नपाईने कानून बनाउन माग गरिन् । उनले विद्यार्थीले उठाएका जाहेज माग तत्काल सम्बोधन गर्न माग गरिन् ।

अर्का सांसद विनिताकुमारी सिंहले नेपालका सातै प्रदेशमा गुणस्तरीय खेल मैदान निर्माण गर्न माग गरिन् । त्यस्तै उनले मधेशका धेरै विद्यालयमा हालपनि शिक्षकको अभाव रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् । सांसद विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरे । उनले हालसालै छिमेकी राष्ट्र चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा उल्लेख नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्ययमबाट उक्त समस्या हल गर्न सरकारसँग माग गरे ।

अर्का सांसद श्यामकुमार घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे । उनले देशभर सयौंको संख्यमा नर्सिङ कलेज बन्द भएकोबारे सरकारको ध्यानाकर्षण गराए । सांसद शान्ति विकले कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति निन्दा गरिन् । साथै उनले भेप-मार्फत र ब्रेस-शू मार्फत नेपाल भित्रयाईएको सुन बरामद प्रकरणमा देशका उच्च राजनीतिक नेतृत्वको संलग्नता रहेको समचार सार्वजनिक भएकोप्रति सरकारको ध्यानाकर्षण गराईन् । उनले सुन बरामद प्रकरणबारे सत्यतथ्य छानबिन गर्न माग गरिन् ।

सांसद शान्ति श्रेष्ठले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र निर्माण गरिएको पर्खाल जीर्ण बनेकोतर्फ सरकारको ध्यानाकर्षा गराउँदै भत्किएको पर्खालको तुरुन्त निर्माण गर्न माग गरिन् । सांसद शिव नेपालीले क्रिकेट खेलाडीलाई सरकारले दिने भनिएको पुरस्कार नदिएकोबारे सरकारको ध्यानाकर्षण गराए । सरकारले खेल क्षेत्रमा आवश्यक लगानीको व्यवस्थान गर्न माग गरे । एसिया कप क्रिकेटमा खेल भारत र पाकिस्तानले जितेपनि मन नेपाली खेलाडीले जितेको उनको तर्क थियो ।

सांसद शिशिर खनाले काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरे । नेपालले जारी गरेको चुच्चे नक्साबारे परराष्ट्र मन्त्रालयको भनाईबारे प्रष्ट पार्न माग गरे । उनले चुच्चे नक्साबारे सत्थतथ्य सदनलाई जानकारी गराउन माग गरे । सांसद सन्तोष परियारले विद्यालयमा राजनीतिक गतिविधि बढ्दै गएको बारे सरकारको ध्यानाकर्षण गराए । उनले त्रिवि अन्तर्गतका क्याम्पसहरुमा बढ्दै गएको बेथितिबारे सरकारलाई ध्यानाकर्षण गराए । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन डेंगुका बिरामी बढिरहेको बारे सरकारको ध्यानाकर्षण गराए । उनले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील बन्न आग्रह गरे ।

सांसद सन्तोष चालिसेले बागमती नदिलाई सरसफाई गरेर पुरानै अवस्थामा र्फकाउने वाताबरण निर्माण गर्न माग गरे । सांसद सरस्वती बजिमयले कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना गरिन् । उनले काठमाडौं जस्तो क्षेत्रमा पनि सुरक्षा संवेदनशीलता नअपनाईएकोबारे सरकारसँग जवाफमाग गरिन् । सांसद् शान्ति चौधरीले धान बालीमा नयाँ रोग देखा परेकोबारे सरकारको ध्यानाकर्षण गराईन् । उनले धान बालीमा देखिएको उक्त रोग तत्काल नियन्त्रण गरेर थप खाद्यसंकट निम्तिने अवस्था आउन नदिन माग गरिन् ।

सांसद सीताकुमारी रानाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको बारेमा छानविन गरेर दोषलाई कारबाही गर्न माग रिन् । उनले संसदको शून्य समयमा सांसदहरुले उठाएका विषयमा सरकार मौन बसेको गुनासो गरिन् । सांसद सुमना श्रेष्ठले काठमाडौंको कान्ती बाल अस्पतालमा उपचारका क्रममा शय्या नपाएर एक बालिकाको मृत्यु भएको घटनामा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरिन् । उनदे मृतक बालिकाका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनपनि माग गरिन् । सांसद सुशीला श्रेष्ठले २०७८ सालको जनगणनाको नतिजाप्रति आपत्ति जनाउँदै आदिवासी जनजाति समूदायका मानिसहरु आन्दोलनमा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् । उनले राष्ट्रिय तथ्याङक कार्यालयले सार्वजनिक गरेको जनगणनाको विवरण सच्याउन माग गरिन् ।

सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा बँदेलले किसानका बालीनाली ध्वंस्त बनाएकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् । उनले किसानलाई क्षतिका आधारमा राहत उपलब्ध गराउन माग गरिन् । सांसद सूर्यप्रसाद ढकालले बाँकेको कोहलपुर नगरपालिकाको नाममा रहेको जग्गा विभिन्न भू माफियाहरुको संलग्नतामा व्यक्रिका नाममा सारेर अपचलन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।