पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।


त्यस्तै, स्थानीयहरुले सांस्कृतिक बाजागाजासमेत प्रस्तुत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरुले राजा आऊ देश बचाउ, राजसंस्था जिन्दावादलगायतका नारा लगाएका थिए ।