पाकिस्तानलाई पछि पार्दै अस्ट्रेलिया एकदिवसीय वरियतामा शिर्ष स्थानमा



काठमाडौँ । अस्ट्रेलिया अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरियतामा पुन: शिर्ष स्थानमा उक्लिएको छ ।

आइसीसीले आइतबार जारी गरेको नयाँ वरियतामा अस्ट्रेलियाले पाकिस्तानलाई उछिन्दै शिर्ष स्थानमा उक्लिएको हो । अस्ट्रेलिया १२१ रेटिंगसहित शिर्ष स्थानमा रहेको छ ।


अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय ५ खेलको सिरिजमा लगातार दुई खेलमा जित हासिल गरेसँगै एकदिवसीय वरियतामा शिर्ष स्थानमा उक्लिएको हो ।  

त्यस्तै पाकिस्तान १२० रेटिंगसहित दोस्रो स्थानमा छ भने भारत ११४ रेटिंगसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी नेपाल भने हाल एकदिवसीय वरियतामा ३४ रेटिंगसहित १५औं स्थानमा रहेको छ ।