नेपाल र भारतबीचको खेल बर्षाले रोकियो



काठमाडौँ । नेपाल र भारतबीचको खेल बर्षाले रोकिएको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको छ ।

अहिले नेपालका लागि दिपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका छन् । दुवैले सातौं विकेटका लागि ३४ रनको साझेदारी गरिसकेका छन् ।


यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८, आसिफ सेखले ५८, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २ र गुलशन झाले २३ रन बनाएर आउट भएका थिए ।

त्यस्तै भारतका बलर रविन्द्र जडेजाले ३, मोहमद सिराजले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् ।