काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् ।
चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले प्रस्तावक र समर्थक नपाएपछि उनी उम्मेदवारीबाट पछि हटेपछि चन्द सर्वसम्मत अध्यक्ष भएका हुन् ।
यस्तै, कोषाध्यक्ष पदम खड्का निर्विरोध निर्वाचन भएका छन् । क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन् ।
सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्व केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुवैले उम्मेदवारी दर्ता गरेका छन् ।