देश ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भयो : अध्यक्ष लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भएको बताएका छन् ।

राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा कार्यक्रममा उनले देशका विभिन्न प्रकरणमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली रुपमा देशलाई सिन्डिकेटको शिकार बनाएको बताएका हुन् । अहिले देशको अवस्था असामान्य भएको दाबी गर्दै जनताका दैनिकीमा सरकारले गम्भिरता नदेखाएको समेत उनले बताए ।


कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रबिन्द्र मिश्र, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगाएतले पार्टीलाई बलियो बनाउदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।