ज्यान मुद्दाका आरोपी प्रदेश सांसद अनिरुद्धकुमार सिंह पक्राउ



काठमाडौं । मधेश प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सिंह ज्यान मुद्दाका आरोपी हुन् । उनलाई प्रहरीले आज (सोमबार) दिउँसो राजविराजबाट पक्राउ गरेको हो ।


सिंहमाथि माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोप छ । उक्त मुद्दा २०६४ सालदेखि मुल्तबीमा रहेको थियो । उनी स्वतन्त्र सांसद् हुन् ।