काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । उनीहरूमध्येबाट झालाई सरकारले नियुक्त गरेको हो।