गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन अदालतको आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरी गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले बिहीबार पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइको कागजात झिकाउन आदेश दिएको हो ।


क्रिकेटर लामिछानेले आफूमाथि करणी गरेको भन्दै गत २१ भदौमा एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिएन । सोही प्रकरणमा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीसहित ससर्त रिहा गर्न आदेश दिएको थियो । सोहीअनुसार सन्दीप रिहा भएका थिए ।