काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति चार जनाको हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । प्रहरीकाअनुसार हत्या आरोपी भण्डारीले विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको बयान दिएका छन् ।
विशालले चलाएको मोटरसाइकलले ठक्कर दिइ भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए । त्यसैको प्रतिशोध लिन भण्डारीले हत्या गरेको प्रहरीले जनाएको छ । शुरुमा विशाल राईलाई टाउकोमा खुकुरी हानेर हत्या गरेको र त्यसपछि सुभद्रा भुजेलको हत्या गरेको भण्डारीले बताएका छन् ।
दिव्य सःमिलमा शुक्रवार राति दोलखा काष्ठ मिलमा काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।