कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश जारी



विराटनगर । कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश जारी गरिएको छ । आइतबार सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो ।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो । यसअघि पनि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो ।