कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने मिति सरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजेसम्मका लागि सरेको हो ।


उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।