एशियन गेम्समा चीनकै बर्चश्व, कुन देशले कति पदक जिते ?



काठमाडौँ । १९औँ एशियन गेम्स अन्तर्गत बुधबारसम्म ४९४ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ७६ स्वर्ण ४३ रजत र २१ कास्यसहित १४० पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । 

यस्तै दक्षिण कोरिया १९ स्वर्ण, १८ रजत, ३३ कास्यसहित ७० पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १५ स्वर्ण, २७ रजत र २४ कास्यका साथ ६६ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १२ कास्यसहित २८ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । 


यस्तै थाइल्याण्ड ६ स्वर्ण, ३ रजत र ९ कश्यसहित कुल १७ पदकसहित पाँचौं स्थानमा छ भने हङकङ पाँच स्वर्ण, ८ रजत र १० कास्य सहित कुल २७ पदक प्राप्त गर्दै छैटौं स्थानमा रहेको छ । 

यसैगरी भारत ५ स्वर्ण, ७ रजत र १० कास्यसहित २२ पदकका साथ सातौं स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, २ रजत र ७ कास्यसहित १२ पदकका साथ आठौँ, सिंगापुर र चाइनिज ताइपेई र  दुई स्वर्ण, तीन रजत र ४ कास्यसहित ९ पदक प्राप्त गर्दै नवौं तथा इरान एक स्वर्ण, ५ कास्य र ९ कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् । 

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् ।

नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन ।