एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा



काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । 


हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ । तर सहजरुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन् ।

हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवतरुपमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन् । उनले आफूले तीनवर्षे कार्यकालका लागि शपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताए ।