आमाको मात्रै नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)



काठमाडौँ । सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले गत साउन २३ गते फैसला गरेपनि पूर्णपाठ भने हालै सार्वजनिक भएको हो । ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


२०७८ सालमा दायर भएको रिटमाथिको फैसलामा सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको अवस्थामा अस्पतालले दिएको प्रमाणपत्रका आधारमा बाबुको नाम नराखी आमाको मात्रै नामबाट नागरिकता दिन सकिने जनाएको छ ।