आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच वार्ता सुरू



काठमाडौं । सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीबीच वार्ता सुरु भएको छ ।

अतिरिक्त सचिव डा.विकास देवकोटासहितको पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता सुरु भएको हो ।


संघले आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द गराएको छ । यसअघि, मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’ दिएको थियो ।

उपचारमा लापरबाही गरेको भन्दै यही भदौ २७ गते डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो । सो घटनासँगै देशभरका चिकित्सक आन्दोलित छन् ।

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा हजारौ विरामी प्रभावित भएका छन् । सबै स्वास्इ सेवा ठप्प भएपछि मन्त्रालयले आज सचिव विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।