आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन



काठमाडौं । चिकित्सकमाथि कुटपिटको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलतमा उत्रिएपछि सरकारले वार्ता समिति गठन गरेको छ ।

छलफलबाट समस्याको समाधान खोज्न भन्दै स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।


वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । उनका अनुसार समितिले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिलाई वार्तामा समेत बोलाइसकेको छ ।

गत बुधबार हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरु बिरामी जाँच छाडेर आन्दोलनमा उत्रिएका छन् । जसकारण देशभरका विरामी मर्कामा परेका छन् ।